देउवाले गरे सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

हिमाल प्रेस ४ फागुन २०७९ १२:२६ | Thursday, February 16, 2023
देउवाले गरे सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

काठमाडौँ- नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पताल पुगेर कांग्रेस नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले स्वास्थ्यलाभको कामना पनि गरे।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ। सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।

प्रकाशित: ४ फागुन २०७९ १२:२६ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast