 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पताल पुगेर कांग्रेस नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले स्वास्थ्यलाभको कामना पनि गरे।
बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ। सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।
यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।
                            प्रकाशित: ४ फागुन  २०७९ १२:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![नेतृत्व हस्तान्तरणबारे यसो भन्छन् कांग्रेस सभापति देउवा [सम्बोधनको पूर्णपाठसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/sherbahadur-deuwa.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 