सुर्खेत- सल्यानबाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उमेदवार प्रकाश ज्वाला करिब १६ हजार मतान्तरले विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहीलाई १५,९११ मतान्तरले पराजित गरे।
ज्वालाले ३५,७०० मत ल्याउँदा प्रतिद्वन्द्वी शाहीले १९,७८९ मत ल्याए। प्रतिनिधिसभामा ८३,६७४ मत खसेको थियो भने ७,३६९ मत बदर भयो।
प्रकाशित: ८ मंसिर २०७९ १०:०२ | Thursday, November 24, 2022
प्रतिक्रिया




