काठमाडौँ महानगरमा घरबाटो सिफारिस मोबाइलबाटै

हिमाल प्रेस ३ फागुन २०७९ १८:५५ | Wednesday, February 15, 2023
काठमाडौँ महानगरमा घरबाटो सिफारिस मोबाइलबाटै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले घरबाटो सिफारिस मोबाइलबाटै उपलब्ध गराउन थालेको छ। महानगरपालिकाको वडा नम्बर १५ का राज्य रञ्जित मोबाइलमा घरबाटो सिफारिस लिने पहिलो सेवाग्राही बनेका छन्।

रञ्जितले केएमसी एप प्रयोग गरेर सिफारिसका लागि शुल्कसहित निवेदन दिएको केही समयपछि मोबाइलमा सिफारिस प्राप्त गरेका हुन्।

महानगरको एकीकृत विद्युतीय शासनसम्बन्धी प्रणालीमा रञ्जितको विवरण प्राप्त भएपछि वडा सचिव सुशील सुवेदीले रुजु गरेर डिजिटल सिग्नेचरबाट प्रमाणीकरण गरेका थिए। यसपछि विवरण वडाध्यक्ष ईश्वरमान डंगोलकोकहाँ पुगेको थियो। त्यसमा वडाध्यक्ष डंगोलले डिजिटल सिग्नेचरसहित प्रमाणीकरण गरेपछि प्रमाणपत्र रञ्जितको मोबाइलमा गएको हो।

प्रमाणपत्र प्राप्त गरेपछि रञ्जित महानगरको फेसलेस सेवाको लाभ प्राप्त गर्ने पहिलो लाभग्राही भएको महानगरपालिकाले जनाएको छ।

सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको मोबाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्यांक तथा सूचना वडा सचिवकोकहाँ पुग्छ। त्यहाँबाट प्रक्रिया सुरु हुन्छ। यसको प्रमाणीकरणका लागि वडा सचिवलाई डिजिटल हस्ताक्षर टोकन दिइसकिएको छ।

एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले वडा तहबाट प्रवाह गर्नुपर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका सिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको जानकारी दिए।

प्रकाशित: ३ फागुन २०७९ १८:५५ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast