आशा र सागरको सहयात्रा ‘रिल’ देखि ‘रियल’ सम्म

हिमाल प्रेस ३ फागुन २०७९ १६:१९ | Wednesday, February 15, 2023
आशा र सागरको सहयात्रा ‘रिल’ देखि ‘रियल’ सम्म

काठमाडौँ- टेलिभिजन श्रृंखला ‘कान्छी’ र ‘भुन्टी’का मुख्य कलाकार आशा खड्का र सागर गौतमले आफूहरू वास्तविक जीवनमा पनि दम्पती रहेको खुलाएका छन्।

यो जोडी दुई वर्षअघि नै लगनगाँठो कसेको खुलासा गरेको छ। एक अन्तर्वार्ताको क्रममा उनीहरूले सो कुरा बताएका हुन्। ‘बिहे गरेको झन्डै दुई वर्ष हुन थाल्यो,’ अन्तर्वार्तामा आशाले भनेकी छन्, ‘पारिवारका सदस्यको उपस्थितिमा बिहे गरेका हौँ।’

यो जोडीले बेलाबेलामा सामाजिक सञ्जालमा तस्बिर साझा गर्ने गरेको छ। ‘सिरियलका तस्बिर होलान् भनेर धेरैले पत्याउँदैनन्,’ आशाले भनेकी छन्, ‘तर आज मिडियामार्फत सबैलाई खुसीको खबर दिएका हौँ।’

सिरियलमा पनि उनीहरू जोडीका रूपमा छन्। छायांकनका क्रममा भेट भएयता आफूहरूबीच प्रेम पलाएको आशाको भनाइ छ। चिनजान र भेटघाट बाक्लिँदै गएपछि बिस्तारै आफूहरूबीच प्रेम झांगिँदै गएको आशाले बताइन्।

‘सुकुमाया‘, ‘भुन्टी’ र ‘कान्छी’ नामले चिनिएकी आशाको सिरियल अहिले सबैभन्दा बढी हेरिनेमध्ये पर्छ। सिरियल छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको छ। सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित सिरियलमा लेखन तथा निर्देशन आशाकै छ।

 

प्रकाशित: ३ फागुन २०७९ १६:१९ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast