दुई पांग्रे साधन मृत्युका प्रमुख कारक : योगेश भट्टराई

हिमाल प्रेस ३ फागुन २०७९ १३:०५ | Wednesday, February 15, 2023
दुई पांग्रे साधन मृत्युका प्रमुख कारक : योगेश भट्टराई फाइल फोटो

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बतएका छन्। बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताए। उनले रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यता भइसकेको औल्याए।

सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले दुई पांग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए।

प्रकाशित: ३ फागुन २०७९ १३:०५ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast