च्याम्पियन सुदूरका कप्तान दीपेन्द्र बने एनपीएल ३ कै सर्वोकृष्ट खेलाडी

हिमाल प्रेस ६ मंसिर २०८३ ६:३४ | Sunday, November 22, 2026
च्याम्पियन सुदूरका कप्तान दीपेन्द्र बने एनपीएल ३ कै सर्वोकृष्ट खेलाडी

काठमाडौँ- सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल) को ‘प्लेयर अफ टुर्नामेन्ट’ घोषित भएका छन्।

उनको कप्तानीमा सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि उचालेको हो। शनिबार भएको फाईनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रोमा लुम्बिनीसँग पराजित भएको थियो।

तेस्रो सिजनमा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका दीपेन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरे। पहिलो संस्करणमा एनपिएलमा नेपालीतर्फको उत्कृष्ट खेलाडी घोषित हुँदै उनले कार जितेका थिए।

योपटक काठमाडौं गोर्खाज , पोखरा एभेन्जर्स, लुम्बिनीविरुद्ध अर्धशतक बनाएका दीपेन्द्रले कुल २ सय १७ रनसहित ७ विकेट लिएका थिए।
एनपीएलमा सर्वोत्कृष्ट खेलाडीको कार तथा उत्कृष्ट खेलाडीको मोटरसाइकल नेपाली खेलाडीले मात्र पाउने प्रावधान छ।

सबै भन्दा बढी रन बनाएका पोखरा एभेन्जर्सका युवराज साम्राले प्लाटिनियम क्याप, चितवनका कमिल मिसारा इनर्जेटिक प्लेयर चुनिए।

एनपिएल ३ को दोस्रो टोली लुम्बिनीले एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको छ।

प्रकाशित: ६ मंसिर २०८३ ६:३४ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast