काठमाडौँ- सौगात मल्ल र ऋचा शर्मा मुख्य भूमिकामा रहने फिल्म ‘फाटेको जुत्ता खै’ बन्ने भएको छ।
निर्माता अर्जुन कुमारले यी दुई कलाकारसँग फिल्म बनाउने घोषणा गरेका हुन्। चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको फिल्म महोत्सवमा उनले फिल्म निर्माणको घोषणा गरेका हुन्।
निकेश खड्काले निर्देशन गर्ने फिल्मको छायांकन आगामी वैशाखमा सुरु हुने बताइएको छ। फिल्मको छायांकन नवलपरासीको त्रिवेणीमा हुने पनि जनाइएको छ।
यसअघि निर्देशक खड्का र निर्माता कुमारले फिल्म ‘फाटेको जुत्ता’मा सहकार्य गरेका थिए। ‘फाटेको जुत्ता खै’ यसको दोस्रो भाग नरहेको कुमारको भनाइ छ।
प्रकाशित: ३ फागुन २०७९ १२:३८ | Wednesday, February 15, 2023
प्रतिक्रिया



