स्रोत नखुलेको सम्पत्ति वैध बनाउनु भ्रष्टाचारलाई वैधता दिनु हो : कमल थापा

हिमाल प्रेस ३ फागुन २०७९ ११:०२ | Wednesday, February 15, 2023
स्रोत नखुलेको सम्पत्ति वैध बनाउनु भ्रष्टाचारलाई वैधता दिनु हो : कमल थापा कमल थापा। फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सरकारले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र भएको बताएका हुन्।

‘देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त छ। यसैबीच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो। केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो,’ उनले लेखेका छन्।

साथै उनले यस्तो कार्य हुन नदिन सबैमा आग्रह गरेका छन्।

प्रकाशित: ३ फागुन २०७९ ११:०२ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast