दैलेखमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या

हिमाल प्रेस २ फागुन २०७९ १६:२४ | Tuesday, February 14, 2023
दैलेखमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या

सुर्खेत- दैलेखमा श्रीमान्‌ले कुटपिट गर्दा श्रीमतीको हत्या भएको छ। सोमबार राति १० बजेको समयमा श्रीमान्‌ले श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको गुराँस गाउँपालिका–८ माथिल्लोगार्जाका २८ वर्षीया कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती विसीलाई कुटपिट गरी हत्या गरेका हुन्।

घरमा श्रीमान्-श्रीमतीबीच सामान्य पारिवारिक झगडा हुँदा कृष्ण्बहादुरले ढोकामा लगाउने काठले टाउँकोमा हानेका थिए। कृष्णको प्रहारपछि पार्वतीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि कृष्ण पक्राउ परिसकेका छन्। पार्वतीका आफन्त (भिनाजु)ले कृष्णबहादुरविरुद्ध जाहेरी दिएको प्रहरीको भनाइ रहेको छ। पार्वती र कृष्णबहादुरबीच गत मंसिरमा विवाह भएको थियो।

प्रकाशित: २ फागुन २०७९ १६:२४ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast