हामीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्छौँ : झलनाथ खनाल

हिमाल प्रेस २ फागुन २०७९ १४:५४ | Tuesday, February 14, 2023
हामीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्छौँ : झलनाथ खनाल फाइल तस्बिर

धनगढी- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन्। धनगढीमा आज (मंगलबार) समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन्।

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण विषय हो। यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे।

यस्तै राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उनको बुझाइ छ। उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे।

प्रकाशित: २ फागुन २०७९ १४:५४ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast