काठमाडौँ- नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७ औँ ‘एथर एक्सपिरिएन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएको यस सेन्टरसँगै चितवन क्षेत्रमा एथरको उपििस्थति थप सुदृढ भएको कम्पनीको भनाइ छ।
नयाँ सेन्टर ‘डाइनामिक इनर्जी प्रालि’ अन्तर्गत सञ्चालनमा ल्याइएको हो। यसअघि चितवनकै आस्था चोकमा एथरको सेन्टर सञ्चालन गर्दै आएको डानामिक इनर्जीको यो दोस्रो डिलरसिप हो। यस सेन्टरमार्फत रत्ननगर तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटरको अवलोकन, आधुनिक प्रविधिबारे जानकारी, टेस्ट राइड तथा ईभीमा रुपान्तरण हुने प्रक्रियाबारे आवश्यक परामर्श लिन सकिने कम्पनीले जनाएको छ।
नयाँ सेन्टरमा ग्राहकले पर्फमेन्समा केन्द्रित ‘एथर ४५० सिरिज’ र दैनिक पारिवारिक प्रयोगलाई लक्षित ‘एथर रिज्टा’ गरी दुई फरक पोर्टफोलियोका स्कुटर अनुभव गर्न पाउनेछन्।
कम्पनीका अनुसार एथर ४५० रोमाञ्चक राइडिङ र प्रविधि रुचाउनेका लागि तयारी गरिएको हो भने एथर रिज्टा पर्याप्त स्टोरेज स्पेससहित आरामदायी पारिवारिक यात्राका लागि उपयुक्त रहेको छ।
यी स्कुटरमा थ्रोटलबाटै गति नियन्त्रण र रिजेनेरेटिभ ब्रेकिङ दिने ‘म्याजिक ट्विस्ट’, लामो दूरीका लागि ‘इन्फिनिट क्रुज’ र आवाजको माध्यमबाट स्कुटरका सुविधा चलाउन सकिने ‘भ्वाइस इन्टरएक्सन’ जस्ता सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
टाँडीमा नयाँ सेन्टर उद्घाटनको अवसर पारेर कम्पनीले विशेष योजनासमेत सार्वजनिक गरेको छ। जसअन्तर्गत ग्राहकले स्कुटरको खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
सर्तसहित लागू हुने यो अफरले ग्राहकलाई आधुनिक विद्युतीय स्कुटरको अनुभवसँगै बचतको अवसर प्रदान गर्ने वैद्य इनर्जीले जनाएको छ।



