बालेन र रविबीच ५ घण्टासम्म के भयो कुराकानी?

हिमाल प्रेस १० मंसिर २०८३ १९:०७ | Thursday, November 26, 2026
बालेन र रविबीच ५ घण्टासम्म के भयो कुराकानी? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।

दुवै जनाबीच बुढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा भेटवार्ता भएको हो। भेटवार्ता पाँच घण्टासम्म चलेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्।

दुवै जनाबीच प्रधानमन्त्रीको भारत भ्रमण र उपलब्धिबारे छलफल भएको सभापति लामिछानेको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए।

त्यस्तै भेटका क्रममा आसन्न प्रदेशसभा र स्थानीय तह निर्वाचनबारे समेत छलफल भएको थियो। रास्वपाले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सन्दर्भमा समेत सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच छलफल भएको छ।

भेटका क्रममा सरकारको कामकारबाहीबारे समेत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ। उनका स्वकीय सचिव आचार्यले जनाएअनुसार दुवै जनाबीच सरकारका मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीबीच छलफल भएको छ।

त्यस्तै आगामी संसद् अधिवेशन र अध्यादेशका सम्बन्धमा समेत दुवै जनाबीच छलफल भएको छ। सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच आत्मीय र सौहार्दपूर्ण कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८३ १९:०७ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast