क्रिकेटर रोहित पौडेलले थाइल्यान्ड पुगेर गरे बिहे

हिमाल प्रेस १० मंसिर २०८३ १५:२३ | Thursday, November 26, 2026
20
SHARES
क्रिकेटर रोहित पौडेलले थाइल्यान्ड पुगेर गरे बिहे तस्बिर साभार : रोहित पौडेलको फेसबुक पेज

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले मैदानबाहिर जीवनको नयाँ पारी सुरु गरेका छन्। पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत सिमरन खड्कासँग विवाह गरेको जानकारी दिएका हुन्।

‘सपना निर्माण गर्ने सहयात्रीबाट जीवनभरको सहयात्रीसम्म। अनन्त यात्राका लागि शुभकामना,’ पौडेलले लेखेका छन्।

परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा उनीहरूको विवाह समारोह थाइल्यान्डको रायोङको रायोङ मेरियट होटलमा सम्पन्न भएको हो। पौडेलले हालै नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा आफ्नो कप्तानीमा लुम्बिनी लायन्सलाई पुर्‍याएका थिए।

प्रकाशित: १० मंसिर २०८३ १५:२३ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast