गेलेफु टी-२० सिरिज : नेपाल ‘ए’ टोली घोषणा, सन्तोष यादव कप्तान

हिमाल प्रेस ९ मंसिर २०८३ १९:२६ | Wednesday, November 25, 2026
गेलेफु टी-२० सिरिज : नेपाल ‘ए’ टोली घोषणा, सन्तोष यादव कप्तान

काठमाडौँ- भुटानमा आयोजना हुने पाँच राष्ट्र सम्मिलित गेलेफु टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोली घोषणा गरेको छ।

यही मंसिर १८ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा क्यानले बुधबार सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाल ‘ए’ टोलीमा सन्तोषसहित विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्तीमगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुश्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन्।

भुटान क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालसँगै घरेलु टोली भुटान, बहराइन, थाइल्याण्ड र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका सबै खेल भुटानको गेलेफुस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

प्रकाशित: ९ मंसिर २०८३ १९:२६ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast