हात्तीको आक्रमणबाट बाबुको घटनास्थलमै मृत्यु, छोराले भागेर जोगाए ज्यान

हिमाल प्रेस ९ मंसिर २०८३ ८:४० | Wednesday, November 25, 2026
हात्तीको आक्रमणबाट बाबुको घटनास्थलमै मृत्यु, छोराले भागेर जोगाए ज्यान

सप्तरी- रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गए राति हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो। छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन् । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

प्रकाशित: ९ मंसिर २०८३ ८:४० | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast