दसौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ चार खेल सम्पन्न

हिमाल प्रेस ८ मंसिर २०८३ १६:५० | Tuesday, November 24, 2026
दसौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ चार खेल सम्पन्न

सुर्खेत- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ चारवटा खेल सम्पन्न भएका छन्। पहिलो दिन मंगलबार भएका प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्।

फुल कोर्ट (५-५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२-१९ को फराकिलो अन्तरमा पराजित गरेको छ।

यस्तै पहिलो चरणको फुलकोर्ट (५-५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ। उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६-३३ को अन्तरले पराजित गरेको छ।

थ्री-अन-थ्री विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ। सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७-१२ को अन्तरले पराजित गरेको छ।

थ्री-अन-थ्री विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९-६ को अन्तरले पराजित गरेको छ। पहिलो दिन चारवटा खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्री राजेश मर्हजनले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०८३ १६:५० | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast