नयाँ दिल्ली- भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको दुईपक्षीय बैठक सकिएको छ। नयाँ दिल्लीमा सम्पन्न बैठकमा भएका निर्णयबारे केहीबेरमा संयुक्त प्रेस मिडिया ब्रिफिङमार्फत जानकारी दिने तयारी गरिएको छ। बैठकमा दुवै देशका प्रधानमन्त्रीसहित उच्च पदस्थ प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा.निश्चलनाथ पाण्डे सहभागी थिए भने भारतीय पक्षबाट विदेशमन्त्री डा.एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारी सहभागी हुने छन्।
हिजो (आइतबार) दिल्ली उत्रिएका प्रधानमन्त्री शाहलाई केहीबेरअघि भारतीय प्रधानमन्त्री मोदीले औपचारिकरूपमै स्वागत गरेका थिए। उनीहरूबीच भेटवार्ता समेत भएको थियो।



