गान्धीको आगन्तुक पुस्तिकामा बालेनले लेखे : सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना बलसँग हुँदैन

हिमाल प्रेस ७ मंसिर २०८३ १२:११ | Monday, November 23, 2026
गान्धीको आगन्तुक पुस्तिकामा बालेनले लेखे : सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना बलसँग हुँदैन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसारमा सबैभन्दा ठूलो शक्ति नै सत्य रहेको उल्लेख गरेका छन्। नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पणपछि उनले माल्यार्पण गरेपछि त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै करुणा नै सर्वोच्च शक्ति भएको बताएका छन्। ‘हामीमध्येका सबैभन्दा निमुखाको निस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित हुन्छ भन्ने गहन सत्य हो।’ उनले लेखेका छन्।

पुस्तिकामा भगवान् बुद्धको जन्मभूमिबाट आएको सन्दर्भ जोड्दै गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको उल्लेख गरेका छन् । त्यसक्रममा उनले नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको उल्लेख गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्‍यो’, प्रधानमन्त्री बालेनको सन्देशमा भनिएको छ ।

प्रकाशित: ७ मंसिर २०८३ १२:११ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast