प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

हिमाल प्रेस ६ मंसिर २०८३ १८:५९ | Sunday, November 22, 2026
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भारतीय विदेशमन्त्री डा.एस जयशंकरले शिष्टाचार भेट गरेका छन्।

दुई दिने राजकीय भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहसँग होटल ताज पुगेर विदेशमन्त्री जयशंकरले भेट गरेका हुन्।

भेटका क्रममा विदेशमन्त्री जयशंकरले भ्रमणका बारे जानकारी गराएका छन्। यसका साथै भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितलगायतका विषयमा समेत छलफल भएको बताइएको छ।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत निश्चलराज पाण्डे सहभागी थिए।

त्यस्तै भारतीय विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतका पदाधिकारी छलफलमा सहभागी थिए।

प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै होटल ताज पुगेका छन्। उनको मुख्य कार्यक्रम सोमबारका लागि तय गरिएको छ।

सोमबार बिहान उनको सम्मानमा राष्ट्रपति भवनमा सलामी दिने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री शाह गान्धी समाधीस्थतल राजघाट जानेछन्। त्यहाँबाट फर्किएपछि बिहान ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा एक्लाएक्लै भेटवार्ता र त्यसलगत्तै दुईपक्षीय प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ।

त्यसपछि जनकपुरधाम-अयोध्या रेल सेवाको संयुक्त रुपमा भर्चुअल उदघाट्न, समझदारी र सम्झौता हुने कार्यक्रम छ। त्यसपछि संयुक्त प्रेस विज्ञप्ति जारी हुने बताइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा हैदराबाद हाउसमा दिवा भोज दिने कार्यक्रम छ। दिवा भोज लगत्तै राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटपछि उनको सिधै विमानस्थल पुग्ने कार्यक्रम छ। उनी सोमबार पाँच बजे दिल्लीबाट स्वदेश फर्कने छन्।

प्रकाशित: ६ मंसिर २०८३ १८:५९ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast