कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी गरे कडा कारबाही हुन्छ

हिमाल प्रेस ५ मंसिर २०८३ १०:५४ | Saturday, November 21, 2026
कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी गरे कडा कारबाही हुन्छ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ–राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने। यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ। ’

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले बताए ।

उनले भनेका छन्, ‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो।’

प्रकाशित: ५ मंसिर २०८३ १०:५४ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast