शुक्रबार हेटौँडा-भीमफेदी-काठमाडौँ सडक बन्द

हिमाल प्रेस ३ मंसिर २०८३ १६:४७ | Thursday, November 19, 2026
12
SHARES
शुक्रबार हेटौँडा-भीमफेदी-काठमाडौँ सडक बन्द फाइल तस्बिर

काठमाडौँ- हरिबोधिनी एकादशीका दिन शुक्रबार हेटौँडा-भैँसे-भीमफेदी-कुलेखानी-काठमाडौँ सडक बन्द हुने भएको छ।

त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने मेलाका कारण हेटौँडा-भैंसे-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

भीमफेदी गाउँपालिका-१, त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा हरिबोधिनी एकादशीका अवसरमा मेला लाग्ने भएकाले मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनको भीड हुने प्रशासनले जनाएको छ। साथै उक्त स्थानको सडक साँघुरो र भिरालो भएकाले भौगोलिक जटिलतासमेत रहेको सूचनामा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०८३ १६:४७ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast