काठमाडौँ- पूर्वमुख्यसचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले अर्यालविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालसमेत संलग्न रहेको आरोप लागेको छ।
मलेसिया श्रमिक ठगी प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पक्राउ परेका हुन्।
प्रकाशित: ३ मंसिर २०८३ १६:२८ | Thursday, November 19, 2026
प्रतिक्रिया



