भीमफेदीमा फेरि गाडी दुर्घटना : १० जना घाइते

हिमाल प्रेस ३ मंसिर २०८३ १०:०४ | Thursday, November 19, 2026
10
SHARES
भीमफेदीमा फेरि गाडी दुर्घटना : १० जना घाइते

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बिहीबार बिहान ८ः५५ बजेको समयमा नम्बर नखुलेको सुमो गाडी सडकबाट अन्दाजी २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीयवासी र सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको छ। भीमफेदीमा गत २६ कात्तिकमा पनि यात्रुवाहक गाडी दुर्घटना भएको थियो। छठको समयमा काठमाडौँबाट तराई जाँदै गरेको ईभी गाडी दुर्घटना १४ जनाको ज्यान गएको थियो।

प्रकाशित: ३ मंसिर २०८३ १०:०४ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast