नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

हिमाल प्रेस ३ मंसिर २०८३ ८:२५ | Thursday, November 19, 2026
नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौँ- सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक सिमरा गाविसका वडा नं १ देखि ७ सम्मका ती परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका हुन्। नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच २०७१ सालमै सम्पन्न भएको थियो। तर नापजाँच र नक्सांकन पूरा भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहेकाले लालपुर्जा वितरण हुन सकेको थिएन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि लालपुर्जा वितरण गरिएको उनको सचिवालयले जनाएको छ।

लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र भूमिसम्बन्धी विवाद निरुपणमा सहयोग पुग्ने सचिवालयले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ ८:२५ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast