नेप्सेमा दोहोरो अंकको गिरावट, अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले कमाए

हिमाल प्रेस १ मंसिर २०८३ १६:०१ | Tuesday, November 17, 2026
नेप्सेमा दोहोरो अंकको गिरावट, अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले कमाए

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अंकले घटेर ४७७ दशमलव २१ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अंकले घटेर १८२ दशमलव ७७ मा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अंकले घटेर १६१ दशमलव ७६ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर रु चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ। १३ उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ।

आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो। त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो। नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: १ मंसिर २०८३ १६:०१ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast