काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कटाक्ष गरेका छन्।
थापा छठ पर्व मनाउन सर्लाही पुगेका बेला सिंहले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
‘रुख चुनाव चिह्न किन्ने र सार्वजनिक वनको रुख काटेर बेच्ने दुवैलाई सर्लाही-४ मा स्वागत छ,’ सिंहले लेखेका छन्।
थापा र सिंहबीच सर्लाही-४ को चुनावी प्रतिस्पर्धालाई लिएर पनि राजनीतिक सम्बन्ध चासोको विषय बनेको छ। प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही-४ बाटै सिंहसँग पराजित भएका थिए।
सिंह पनि नेपाली कांग्रेसका पूर्वनेता हुन्। कांग्रेस छाडेर रास्वपामा आबद्ध भएका उनले अहिले कांग्रेस सभापति थापामाथि सार्वजनिक टिप्पणी गरेका हुन्।
प्रकाशित: २९ कार्तिक २०८३ १६:०८ | Sunday, November 15, 2026
प्रतिक्रिया



