रविले धनुषा र महोत्तरी पुगेर गरे छठको पूजा

हिमाल प्रेस २९ कार्तिक २०८३ १२:४७ | Sunday, November 15, 2026
रविले धनुषा र महोत्तरी पुगेर गरे छठको पूजा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।

आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए ।

सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुने उनले बताए।

 

प्रकाशित: २९ कार्तिक २०८३ १२:४७ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast