छठको अवसरमा सभामुख पनि मधेशमा, यस्ता छन् कार्यक्रम

हिमाल प्रेस २९ कार्तिक २०८३ ११:२९ | Sunday, November 15, 2026
छठको अवसरमा सभामुख पनि मधेशमा, यस्ता छन् कार्यक्रम

काठमाडौँ- छठको अवसर सभामुख डोलप्रसाद (डीपी) अर्याल पनि मधेश झरेका छन्। अन्य नेताजस्तै छठ मनाउने उद्देश्यले उनी मधेश पुगेका हुन्।

अहिले सभामुख अर्याल सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन गरिरहेका छन्। उनी आज दिनभर मधेशमै व्यस्त रहने कार्यसूची छ। आज २:३०–३:३० बजेसम्म घडिअर्वा पोखरीमा रहने र ३:४५–४:१५ बजेसम्म नगवा पोखरी, वीरगञ्ज–१६ मा र ४:३०–४:५० बजेसम्म इटियाही सानो टोलको धोवीघाटमा रहने छन्।

बारा क्षेत्रको ५:०५–५:२५ बजेको परवानीपुर गाउँपालिका–३, ५:३०–६:०० बजे : जितपुर, लालका पुल छठघाट ६:००–७:०० बजे : मुर्ली महाआरतीमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ ११:२९ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast