आज पनि घट्यो सुनको भाउ

हिमाल प्रेस २९ कार्तिक २०८३ ११:०२ | Sunday, November 15, 2026
आज पनि घट्यो सुनको भाउ

काठमाडौँ-  सुनचाँदीको भाउ घटेको छ।  शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा एक हजार पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २९ कार्तिक २०८३ ११:०२ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast