कांग्रेसको लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

हिमाल प्रेस २८ कार्तिक २०८३ १८:१८ | Saturday, November 14, 2026
कांग्रेसको लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताएका छन्। कांग्रेसको चुनदेवी समूह (देउवा-कोइराला पक्षधर)को ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताए।

ललितपुरको महालक्ष्मीस्थानमा चुनदेवी समूह कांग्रेसको जिल्ला अधिवेशसन शनिबार देउवाले उद्घाटन गरेका थिए। उनी पछिल्ला समय सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। उनले काठमाडौँ जिल्ला अधिवेशन पनि उद्घाटन गरेका थिए।  कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

पार्टीभित्रका विवाद र विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनको धारणा थियो। उनले समूह यो वा त्यो भन्दा पनि सम्मनित अदालतबाट नै यसको निर्क्यौल हुने पनि बताएका छन्। कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनमा जोड दिए।

नियमित अधिवेशन भन्दै चुनदेवीमा सम्पर्क कार्यालय राखेर अघि बढेका कांग्रेसजनहरुले मंसिर तेस्रो साता अधिवेशन तय गरेर ४५ भन्दा बढी जिल्लामा अधिवेशन सकेका छन भने करिव १ सय ५० निर्वाचन क्षेत्रमा अधिवेशन गरिसकेका छन्। समयमा नै अधिवेशन सकेर अघि बढ्ने र अदालतबाट बैधानिकता पाउनेमा समेत चुनदेवी समूह ढुक्क देखिएका छन्। यद्यपि उनीहरुले अदालतको विषयमा भने बोलेका छैनन्। निश्सा आएपछि यो गतिविधी अघि बढेको हो।

प्रकाशित: २८ कार्तिक २०८३ १८:१८ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast