तस्बिर एआई निर्मित
पर्सा- पर्सास्थित वीरगन्ज कारागारबाट एक जना कैदी फरार भएका छन्।
कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका-सतबरियाका सुनील साह बिहीबार कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन्।
जबर्जस्ती करणी मुद्दाका कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजीलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
वीरगन्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ भाग्नसक्ने आशंकामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको छ।
प्रकाशित: २६ कार्तिक २०८३ १२:४४ | Thursday, November 12, 2026
प्रतिक्रिया



