पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

हिमाल प्रेस २६ कार्तिक २०८३ १०:१८ | Thursday, November 12, 2026
6
SHARES
पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

पोखरा- पाेखरामा गएराति जिप दुर्घटना हुँदा एक जनाकाेे मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।

घाँटीछिनाबाट पोखरातर्फ आउने क्रममा ग ४ च १३४४ नम्बरको बोलेरो जिप बुधबार राति पाैने १० बजे पाेखरा २३, दुण्डेफाँटमा आफैं अनियन्त्रित भै दुर्घटना भएको हाे ।

दुर्घटनामा पर्वत घर भई हाल पोखरा २४ पामे बस्ने वर्ष २३ को मिलन गुरुङकाे उपचारका क्रममा राति पाैने ३ बजे गण्डकी मेडिकल कलेज, पाेखरामा मृत्यु भएको हाे । अन्य घाइतेकाे साेही अस्पतालमा उपचार भइरहेको छ।

गाडी पर्वत ७ घर भई पोखरा २४ लौरुक बस्ने वर्ष २३ को टोकबहादुर गुरुङले चलाएका थिए ।

घाइतेहरूमा पाेखरा २३, घाँटीछिना बस्ने वर्ष १५ को विवेक बिक, पाेखरा चैनपुरका १६ वर्षका विवस पराजुली, कार्कीको तगरा बस्ने वर्ष १४ को अमित सुनार, साेही ठाउँकी वर्ष १८ कि अनिशा नेपाली, वर्ष १२ को उज्ज्वल सुनार, कार्कीको तगरा बस्ने वर्ष ११ को निशान नेपाली, वर्ष १४ को सन्देश नेपाली, वर्ष २० को मुस्कान गुरुङ, वर्ष १२ को आसिस सुनार, वर्ष १३ को सन्जल सुनार, वर्ष १९ की निशा नेपाली र वर्ष २० को दिपीन खत्री हुन् ।

प्रकाशित: २६ कार्तिक २०८३ १०:१८ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast