छुटे टोपबहादुर रायमाझी, टीकामाला पहिरिएर कारागारबाट निस्किए

हिमाल प्रेस २६ कार्तिक २०८३ ८:४२ | Thursday, November 12, 2026
छुटे टोपबहादुर रायमाझी, टीकामाला पहिरिएर कारागारबाट निस्किए

काठमाडौँ- भुटानी शरणार्थी प्रकरणमा जेल परेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमाले नेता टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन्।

रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो। तर, ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज थुनामुक्त भएका हुन्।

उनलाई घरमा टीकामाला लगाएर स्वागत गरिएको छ ।

प्रकाशित: २६ कार्तिक २०८३ ८:४२ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast