बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

हिमाल प्रेस २६ कार्तिक २०८३ ८:१९ | Thursday, November 12, 2026
बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद सांकेतिक तस्बिर।

भोजपुर- भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबार अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको गस्ती टोलीले उक्त सामाग्रीहरू फेला पारेको हो।

गस्तीका क्रममा वनमा को कसले ल्याएको भन्ने नखुलेको १ नाल भरुवा बन्दुक र सोही बन्दुकको नलमूनी रहेको गजमा बाँधेर राखिएको प्लाष्टिकको साना ५ वटा व्यरिङको दाना तथा छर्राहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।

प्रहरीले ती सामानहरू रीतपूर्वक बरामद गरेको छ। बरामद गरिएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक राकेश राईले जानकारी दिएका छन्।

प्रकाशित: २६ कार्तिक २०८३ ८:१९ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast