अर्थमन्त्री प्रभावशाली १०० मा परेपछि शंकरले भने : यो खुसीको विषय हो वा विडम्बनापूर्ण व्यङ्ग्य हो?

हिमाल प्रेस २५ कार्तिक २०८३ ७:५३ | Wednesday, November 11, 2026
अर्थमन्त्री प्रभावशाली १०० मा परेपछि शंकरले भने : यो खुसीको विषय हो वा विडम्बनापूर्ण व्यङ्ग्य हो?

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्ले विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा परेको विषयलाई लिएर व्यङ्ग्य गरेका छन् ।

अर्थतन्त्र संकटग्रस्त बन्दै गएको अवस्थामा सुधार गर्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु नेपाली जनताका लागि खुसीको विषय हो वा विडम्बनापूर्ण व्यङ्ग्य भन्ने बुझ्न कठिन भएको उनले टिप्पणी गरेका छन् ।

पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘अर्थतन्त्र संकटग्रस्त बन्दै गएको बेला सुधार गर्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा पर्नु नेपाली जनताका लागि खुसीको विषय हो कि विडम्बनापूर्ण व्यङ्ग्य—बुझ्न कठिन भएको छ ।’

अमेरिकी पत्रिका टाइमले अर्थमन्त्री वाग्लेलाई सन् २०२६ का १०० प्रभावशाली जलवायु नेतृत्वकर्ताको सूचीमा समावेश गरेको हो । जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनको पहल र दिगो आर्थिक विकासमा पुर्‍याएको योगदानका आधारमा उनलाई सूचीमा राखिएको जनाइएको छ ।

प्रकाशित: २५ कार्तिक २०८३ ७:५३ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast