दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि टीका लगाउन बालगोपाल मन्दिर खुला रहने

हिमाल प्रेस २५ कार्तिक २०८३ ६:४२ | Wednesday, November 11, 2026
दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि टीका लगाउन बालगोपाल मन्दिर खुला रहने तस्बिर : रासस

काठमाडौँ– दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ।

वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गरेर टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक सबै तयारी पूरा भएको जानकारी काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दिएका छन्।यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा र दर्शन गरी टीका लगाउने प्रचलन छ। संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो।

‘त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुन्थे,’ टण्डनले भने, ‘अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्छ।’

 

प्रकाशित: २५ कार्तिक २०८३ ६:४२ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast