सोमबार अत्यावश्यक बैंकिङ सेवा खोल्न राष्ट्र बैंकको निर्देशन

हिमाल प्रेस २९ माघ २०७९ २०:५९ | Sunday, February 12, 2023
सोमबार अत्यावश्यक बैंकिङ सेवा खोल्न राष्ट्र बैंकको निर्देशन राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) सार्वजनिक बिदाको दिन भए पनि अत्यावश्यक बैंकिङ सेवा खुला राख्न निर्देशन दिएको छ।

इजाजत पत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै राष्ट्र बैंकले बिदाको दिन १० बजेदेखि १:३० बजेसम्म अत्यावश्यक सेवा दिन निर्देशन दिएको हो।

राष्ट्र बैंकको निर्देशनपछि भोलि (सोमबार) नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)लगायतका सेवा खुल्ने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारको उक्त निर्णयपछि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो। यसअघि लगातार दुई दिनभन्दा बढी बिदा हुँदा बैंकहरूले तेस्रो दिनदेखि आंशिक रूपमा अत्यावश्यक सेवा दिँदै आएका थिए।

प्रकाशित: २९ माघ २०७९ २०:५९ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast