नेपाली सेनाद्वारा जटिल प्रसूति समस्यामा परेका तीन महिलाको हवाई उद्धार, काठमाडौँमा बारमा लागेको आगो नियन्त्रण

हिमाल प्रेस २२ कार्तिक २०८३ १८:२५ | Sunday, November 8, 2026
नेपाली सेनाद्वारा जटिल प्रसूति समस्यामा परेका तीन महिलाको हवाई उद्धार, काठमाडौँमा बारमा लागेको आगो नियन्त्रण

काठमाडौँ- नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेका तीन जना महिलाको हवाई उद्धार गर्नुका साथै काठमाडौँको एक बारमा लागेको आगो नियन्त्रणमा लिन सहयोग गरेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत कात्तिक २२ गते तीन जना महिलाको उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका-३ का दुई जना महिलामा जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको थियो।

हुम्लाको सर्केगार्ड गाउँपालिका-४ की एक महिलालाई हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। मुगुको खत्याड गाउँपालिका-९ की २० वर्षीया महिलालाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको सेनाले जनाएको छ।

यसैबीच, कात्तिक २२ गते काठमाडौँ महानगरपालिका-१, दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगलागी नेपाली सेनाको टोलीले नियन्त्रणमा लिन सहयोग गरेको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाको नरसिंह दल गणबाट दमकलसहित खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १८:२५ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast