मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट संन्यास

हिमाल प्रेस २१ कार्तिक २०८३ ८:५१ | Saturday, November 7, 2026
मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट संन्यास

काठमाडौँ- भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उनले लेखेका छन् ।

टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताएका छन् ।

 

प्रकाशित: २१ कार्तिक २०८३ ८:५१ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast