काठमाडौँ- काग तिहारको अवसर सधैँझैँ रमेश दुलालले काठमाडौंमा ‘काग सम्मेलन’ गरेका छन्। राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा काठमाडौंको नारायणहिटी दरबारमार्ग परिसरमा शनिबार बिहान २३ औं काग सम्मेलन गरिएको हो।
शनिबार बिहान उनले कागको आवाज निकाल्दा आकाशमा सयौं काग उडेका थिए। बिहान ५:३० बजेदेखि ६:३० बजेसम्म मात्रै कार्यक्रम गरिएको थियो।
राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष समेत रहेका दुलालले विगत २३ वर्षदेखि गर्दै आएको यो सम्मेलनलाई आगामी २५ औं वर्ष पुगेको अवसरमा भने ठूलो स्टेज बनाएर भव्य रुपमा मनाउने योजना रहेको सुनाए ।
प्रकाशित: २१ कार्तिक २०८३ ८:२२ | Saturday, November 7, 2026
प्रतिक्रिया



