एनपीएल : अविजित लुम्बिनीसँग भिड्दैछ वार्नर सम्मिलित काठमाडौँ गोर्खाज

हिमाल प्रेस २१ कार्तिक २०८३ ७:२८ | Saturday, November 7, 2026
एनपीएल : अविजित लुम्बिनीसँग भिड्दैछ वार्नर सम्मिलित काठमाडौँ गोर्खाज Kathmandu Gorkhas NPL2 2025: Players of Kathmandu Gorkhas bating against Janakpur Bolts during Nepal Premier League match at Tribhuvan University International Cricket Stadium, Kirtipur in Kathmandu on Monday, 17 November, 2025. Photo: Udipt Singh Chhetry/USC Images

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा आज बेलुका ५ बजे दुई टोली आमनेसामने हुनेछन्। रोहित पौडेल कप्तान रहेको लुम्बिनी यो संस्करणमा अविजित छ। लुम्बिनीले ३ जित निकाल्दा एकमा अंक बाँडेर ७ अंकका साथ तालिकाको उच्च स्थानमा छ।

लुम्बिनी घातक बलरहरूका कारण हालसम्म सशक्त छ। यसअघिका दुई खेलमा प्रतिस्पर्धी टोलीले लुम्बिनीविरुद्ध १०० रन कटाउन समेत सकेनन् भने गएको खेलमा पनि जनकपुर बोल्ट्सको लज्जास्पद हार भयो। आजको खेलमा जित निकालेमा लुम्बिनी प्लेअफ पुग्ने लगभग पक्का हुने छ।

यता करण केसी कप्तान रहेको काठमाडौँले ३ खेल खेल्दा एकमा पराजित भएको छ।

पछिल्ला २ खेल नै जितेको काठमाडौँ आज पनि जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ। आजको खेल काठमाडौँले जितेमा अंक तालिकाको दोस्रो स्थानमा पुग्नेछ। अस्ट्रेलियन ब्याटर डेविट वार्नरको उपस्थितिले काठमाडौँ केही सशक्त देखिएको छ। अघिल्लो खेलमा विराटनगर किंग्समाथि ९ विकेटको रबाफिलो जित निकालेको थियो।

प्रकाशित: २१ कार्तिक २०८३ ७:२८ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast