फागुन १ गते देशैभर सार्वजनिक बिदा

हिमाल प्रेस २९ माघ २०७९ १७:३५ | Sunday, February 12, 2023
फागुन १ गते देशैभर सार्वजनिक बिदा

काठमाडौँ- सरकारले फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा ‘जनयुद्ध’ले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका एक मन्त्रीले जानकारी दिए।

२०५२ फागुन १ गतेबाट सुरु भएको ‘जनयुद्ध’ २०६३ मंसिर ५ गते विस्तृत शान्तिसम्झौतामा रूपान्तरण भएको थियो। त्यही ‘जनयुद्ध’को जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको छ।

प्रकाशित: २९ माघ २०७९ १७:३५ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast