टिकाउ र प्रभावकारी प्रकाश दिने CG LED मा दुई वर्षको वारेन्टी

हिमाल प्रेस २० कार्तिक २०८३ १७:११ | Friday, November 6, 2026
टिकाउ र प्रभावकारी प्रकाश दिने CG LED मा दुई वर्षको वारेन्टी

काठमाडौँ- नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसरमा CG Electric ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

‘उज्यालो भनेकै CG LED’ भन्ने मूल सन्देशका साथ कम्पनीले यस पर्वमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा जोड दिएको छ।

दीपावली उज्यालो, समृद्धि र शुभारम्भको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको महत्वपूर्ण पर्व हो। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्दै आएका छन्।

उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यसहित CG Electric ले विभिन्न प्रकारका गुणस्तरीय LED लाइटिङ तथा विद्युतीय उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका LED उत्पादनहरूमा Wide Voltage Range, Long Serving Life, Wide Beam Angle तथा Energy Saving जस्ता विशेषता रहेका छन्।

घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिने यी उत्पादनले प्रभावकारी प्रकाश प्रदान गर्नुका साथै ऊर्जा बचतमा समेत योगदान पुर्‍याउने कम्पनीको विश्वास छ।

तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तजनसँग खुसी साटासाट गर्ने परम्परालाई थप उल्लासमय बनाउन CG LED का आधुनिक प्रकाश समाधान उपयोगी विकल्प बन्न सक्छन्।

विशेषगरी लक्ष्मीपूजाका दिन घर, आँगन तथा वरपरका क्षेत्रलाई झिलिमिली बनाउन CG LED का उत्पादनले पर्वको रौनकलाई अझ बढाउने अपेक्षा कम्पनीले गरेको छ।

CG LED का उत्पादनहरूमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ। यसले उपभोक्तालाई उत्पादनको गुणस्तरप्रति थप विश्वास र भरोसा प्रदान गर्ने कम्पनीको भनाइ छ।

तिहार तथा छठ पर्वको अवसरमा CG Electric ले हरेक नेपालीको घरआँगन र जीवनमा उज्यालो, खुसी, उमङ्ग तथा समृद्धिको प्रकाश छाओस् भन्ने कामना गर्दै सबैमा पर्वमय शुभकामना व्यक्त गरेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १७:११ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast