स्वीकृति अवधि सकिएका पाठ्यसामग्री पुनः स्वीकृतिका लागि आवेदन माग

हिमाल प्रेस २० कार्तिक २०८३ १५:३२ | Friday, November 6, 2026
स्वीकृति अवधि सकिएका पाठ्यसामग्री पुनः स्वीकृतिका लागि आवेदन माग

भक्तपुर- पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा प्रयोग हुँदै आएका थप पाठ्यसामग्रीको पुनः स्वीकृति प्रक्रियामा सहभागी हुन निजी प्रकाशक तथा लेखकलाई आग्रह गरेको छ।

पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै कक्षा १ देखि १२ सम्म प्रयोग हुने थप पाठ्यसामग्रीको स्वीकृत अवधि पूरा भएका प्रकाशक तथा लेखकलाई पुनः स्वीकृति प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो ।

शिक्षा नियमावली, २०५९ को नियम ३५ तथा पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम यस्तो प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पुनः स्वीकृतिका लागि इच्छुक प्रकाशक तथा लेखकले केन्द्रबाट निर्दिष्ट गरिएको अनलाइन सफ्टवेयर qr.moecdc.gov.np मार्फत निवेदन पेस गर्नुपर्नेछ। सम्बन्धित पाठ्यसामग्रीको पहिलो मस्यौदा ०८३ माघ २९ गतेभित्र पेस गर्न निर्देशन दिइएको छ।

केन्द्रले थप पाठ्यसामग्रीको मूल्यांकन तथा स्वीकृतिसम्बन्धी व्यवस्थाका लागि निर्देशिकाले तोकेबमोजिमका आवश्यक कागजातसमेत संलग्न गर्न अनुरोध गरेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १५:३२ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast