काठमाडौँ- सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधबार ६०० रुपैयाँ बढेर मूल्य २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ थियो। साथै, सोमबार पनि २ हजार ३०० रुपैयाँ बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो । आइतबार भने ८ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ थियो।
सोमबार चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ थियो। आइतबार चाँदीको मूल्य १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ थियो ।



