फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खबर बाहिरिएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले व्यंग्य गरेका छन्।
उनले बुधबार राति फेसबुकमा लेखेका छन्, ‘१८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति भन्छन् ‘तर्सिन्नँ’। फेरि मुखै हेर्दिनँको घर चहार्दै किन हिँडेको?’ युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडिओ बयान भन्दै गगन थापाले कांग्रेसको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको बताएको कुरा बाहिरिएको थियो। यही विषयमा अमरेशले व्यंग्य गरेका हुन्।
प्रकाशित: १९ कार्तिक २०८३ ७:३४ | Thursday, November 5, 2026
प्रतिक्रिया



