आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमाल प्रेस १८ कार्तिक २०८३ ६:१३ | Wednesday, November 4, 2026
12
SHARES
आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- देशका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली हुने सम्भावना छ। ती प्रदेशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ ६:१३ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast