निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउन जरूरी छ : भट्ट

हिमाल प्रेस १७ कार्तिक २०८३ १५:१९ | Tuesday, November 3, 2026
निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउन जरूरी छ : भट्ट

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन्।

उनले नेपालको सन्दर्भमा भइरहेको विकासको केन्द्रीकरणलाई विकेन्द्रीकृत गर्नेगरी सार्वजनिक लगानी केन्द्रीत हुनुपर्नेमा जोड दिए।

सरकारले निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेका क्षेत्रमा पूर्वाधार तथा अन्य आवश्यक सुविधा उपलब्ध लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

उनले एउटै नदीमा आधारित धेरै हाइड्रोपावर हुँदा कुनै बाढी वा विपद आउँदा त्यसको क्षति अत्यधिक हुने हुनसक्ने देखिएकाले त्यस्ता अवस्थाप्रतिपनि सजग हुनुपर्ने बताए।

प्रकाशित: १७ कार्तिक २०८३ १५:१९ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast