जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

हिमाल प्रेस १६ कार्तिक २०८३ १६:२८ | Monday, November 2, 2026
6
SHARES
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौँ- जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। थापाले नाम फिर्ता लिन लागेको जानकारी संसदीय सुनुवाइ समितिलाई गराइसकेका छन्।

नाम फिर्ता लिनेसम्बन्धी औपचारिक निवेदन समितिमा पठाउने स्रोतको भनाइ छ। थापाले स्वार्थको द्वन्द्वमा प्रश्न उठेपछि नाम फिर्ता लिन लागेको बताइएको छ।

गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो।

जापानका लागि प्रस्तावित थापाको जापानमा स्थायी आवासीय अनुमति (पीआर) रहेको विषय उठेपछि उनको सुनुवाइ स्थगित गरिएको थियो। सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए।

तर, संविधानको धारा २९१ मा रहेको व्यवस्थासँगै पीआर त्यागेको समयावधिका विषयमा सांसदहरूले प्रश्न उठाएका थिए।

प्रकाशित: १६ कार्तिक २०८३ १६:२८ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast