कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्दै

हिमाल प्रेस १५ कार्तिक २०८३ १४:२५ | Sunday, November 1, 2026
10
SHARES
कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्दै

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्दै छन्।

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदभार ग्रहण गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा पार्टीका आन्तरिक विषयमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ।

सम्बोधनअघि उनले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

१५औँ महाधिवेशनपछि पार्टीको पछिल्लो सांगठनिक अवस्था, नयाँ केन्द्रीय कार्यसमितिको तत्कालीन कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो धारणा सार्वजनिक गर्ने छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १४:२५ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast